सह–लेखापाल र नायब सुब्बाको कर्तुत्, रुपन्देही प्रहरीद्वारा पक्राउ
काठमाडौं । प्रहरीले लोकसेवा आयोग, बुटवल कार्यालयको परीक्षामा कीर्ते गर्ने दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको राजविराज नगरपालिका– ११ घर भई हाल कपिलवस्तुमा बस्दै आएका ३३ वषीृय मनोजकुमार शर्मा सुतिहार रहेको रुपन्देही प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
मनोजकुमार कोष तथा लेखा नियन्त्रण कार्यालय, कपिलवस्तुमा नेपाल प्रशासन, लेखा समूह, सह–लेखापाल पदमा कार्यरत छन् ।
राजविराज निवासी ३० वर्षीय नारायण यादवलाई पनि प्रहरीले पक्राउ गरेको छ । यादव जिल्ला हुलाक कार्यालय, सप्तरीमा नायव सुब्बा पदमा कार्यरत छन् ।
विज्ञप्तिमा भनिएका छ, ‘लोकसेवा आयोग, बुटवल कार्यालयको विज्ञापन नं. १३८१२/०७६–०७७ (मधेश) एकीकृत तथा संयुक्त, खरिदार वा सो सरहको बुटवल केन्द्रमा सञ्चालन भएको लिखित परीक्षामा मनोजकुमार शर्मा सुतिहार हुँ भनी विश्वासमा पारी मिति २०७७/११/२९ मा भएको पहिलो चरणको परीक्षा तथा मिति २०७८/०४/१६ गते भएको द्वितीय पत्र र तृतीय पत्रको परीक्षामा मनोजकुमार सुतिहारको नामबाट परीक्षा दिई बेइमानी पूर्वक लोकसेवा आयोगको लिखित परीक्षाको उत्तर पुस्तिका तयार पारेको सम्बन्धमा अनुसन्धानको सिलसिलामा निम्न व्यक्तिहरूलाई नियन्त्रणमा लिई लिखत सम्बन्धी कसूर शीर्षकमा मुद्दा दर्ता भई जिल्ला अदालत रुपन्देहीबाट ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ ।’


बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया