राष्ट्रपति पौडेललाई कस्तो छ ? के भन्छन् चिकित्सकहरू ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थामा सामान्य रहेको अस्पतालले जनाएको छ ।

पौडेलललाई मुटुमा समस्या देखा परेपछि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा मंगलबार भर्ना गरिएको छ ।

राष्ट्रपतिको पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

राष्ट्रपति पौडेललाई २४ घण्टाका लागि चिकित्सकको निगरानीमा राखिएको छ । राष्ट्रपति पौडेललाई बुधबारसम्ममा डिस्चार्ज गर्ने तयारी भएको विज्ञप्तिमा उल्लेख छ ।

‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू नियमित स्वास्थ्य परीक्षणको क्रममा यस शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा आज भर्ना हुनुभएको र उहाँलाई चिकित्सकहरूको सल्लाह अनुसार २४ घण्टासम्म अवलोकनमा राखी भोलिसम्म डिस्चार्ज गर्ने तयारी रहेको जानकारी गराउँदछौं’, विज्ञप्तिमा भनिएको छ ।

‘हाल: उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ’, कार्यकारी निर्देशक डा.अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

Published : Tuesday, 2023 June 13, 9:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया