पर्वतका रामकुमारलाई पोखराबाट प्रहरीले काठमाडौं ल्यायो
काठमाडौं । काठमाडौं प्रहरीले ४२ वर्षीय रामकुमार सुनारलाई सामाजिक सञ्जालबाट चरित्र हत्या गरेको अभियोगमा पक्राउ गरेको छ ।
सामाजिक सञ्जालमा नक्कली प्रोफाइल बनाई चरित्रहत्या गरेको अभियोगमा पर्वतको कुश्मा नगरपालिका–१४ स्थायी वतन भएका सुनारलाई आइतबार प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
सामाजिक सञ्जालका विभिन्न प्लेटफर्महरूमा पीडितको तस्विर र नाम राखी नक्कली प्रोफाइल खोली अश्लील तस्विर तथा भिडियोहरूमा अनुहार जोडी दु:ख, हैरानी तथा चरित्रहत्या गरेको आरोप सुनारलाई लागेको छ ।
पीडितको उजुरीको आधारमा प्रारम्भीक अनुसन्धान तथा प्राविधिक विश्लेषणबाट सुनारको संलग्नता खुल्न आएपछि नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटी काठमाडौंबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा उनलाई पोखराबाट पक्राउ गरेको हो ।
सुनारविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अपराध अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट छ दिन म्याद थप भई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया