बाग्लुङका शेरचनको काठमाडौंको घरमा प्रहरी छापा, जुवा खेल्ने १३ जना पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौंको भोटेवहालमा छापामारेर १३ जना जुवा खेल्ने समूहलाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–११ भोटेवहाल शान्तिमार्ग बस्ने शेरबहादुर शेरचनको घरमा जुवातास खेलिरहेको अवस्थामा छापामारेको प्रहरीले विज्ञप्तिमार्फत जनाएको छ ।
बाग्लुङको ढोरपाटन नगरपालिका–१ घर भई काठमाडौं महानगरपालिका–११ भोटेवहाल डेरा गरी बस्ने ५२ वर्षीय दिनेश शेरचनसहित १३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ ।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।
जुवा खेल्ने समूहबाट नगद १ लाख ६७ हजार रूपियाँ, १६ बुक तास, जुवा खेल्न प्रयोग भएको विभिन्न रंगको कोइन १ सय १९ थान र जुवाको हिसाब राखेको कपीसहित बरामद भएको छ ।
बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया