कुनै पनि नागरिक स्वास्थ्य सेवाबाट वञ्चित हुनु हुँदैन : मन्त्री बस्नेत
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले कोही पनि नागरिक स्वास्थ्य सेवाबाट वञ्चित हुनु नपर्ने बताएका छन् ।
सोमबार सिन्धुपाल्चोकको चौतारामा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा बस्नेतले सबै नागरिकलाई सरकारले आधारभूत स्वस्थ्य सेवाको पहुँचमा पुर्याउने बताएका हुन् । उनले संविधानमा रहेको स्वास्थ्य, शिक्षाजस्ता क्षेत्रमा सबै नागरिकको सहज पहुँच पुग्नुपर्ने बताए ।
सरकार यस्ता क्षेत्रको सुधारमा संवेदनशील भएर लागेको मन्त्री बस्नेतले बताएका छन् । ‘विपन्न तथा आर्थिक अवस्था कमजोर भएकालाई अस्पतालले दिनुपर्ने सेवाका बारेमा सरकारले गरेको व्यवस्था कार्यान्वयन कडाइका साथ लागू गर्ने र स्वास्थ्य क्षेत्रमा रहेका समस्या समाधान गर्दै नागरिकले अनुभूति गर्ने गरी सरकारले काम गर्छ’, उनले भनेका छन् ।
जनतालाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्न सबै मिलेर लाग्नुपर्ने उनले बताएका छन् । उनले स्वास्थ्य क्षेत्रमा रहेका समस्या समाधान गर्दै स्वास्थ्य क्षेत्रको सुधार गर्नुपर्ने बताएका छन् ।
मन्त्री बस्नेतले आम नागरिकको स्वास्थ्य सेवामा सहज पहुँचका लागि मन्त्रालय साधन स्रोत, स्वास्थ्य उपकरण र सेवा सुविधासहित जनशक्तिको व्यवस्थापन र परिचालनमा प्राथमिकताका साथ लागिपरेको बताएका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया