एयरपोर्टमा सुनसहित मान्छे पक्राउ
काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जनालाई सुनसहित पक्राउ गरेको छ ।
विमानस्थलको आगमन टनेल गेटबाट सुन जस्तो देखिने पहेंलो धातु करिब ९९ ग्रामसहित काभ्रेपलाञ्चोकको चौंरीदेउराली गाउँपालिका–८ स्थायी वतन भएका ३३ वर्षीय तीर्थप्रसाद गौतमलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
नेपाल एयरलाईन्सको उडानद्वारा दोहाबाट काठमाडौं आएका गौतमलाई विमानस्थल सुरक्षा कार्यालय, गौचरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
गौतमलाई चेकजाँच गर्दा अवैध रुपमा लुकाइछिपाइ भन्सार छली लैजान लागेको सुनसहित फेला पारी पक्राउ गरिएको थियो ।
गौतमलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको छ ।
Published : Monday, 2023 June 12, 11:40 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया