दाङमा चार जनालाई बाघको छाला र हड्डीसहित पक्राउ

काठमाडौं । दाङ जिल्लामा प्रहरीले चार जनालाई बाघको छालासहितका सामग्रीसहित पक्राउ गरेको छ ।

शनिबार जिल्ला प्रहरी कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार दाङका तीन र रोल्पाका एक जनालाई माघको छाला, बाघको ८ किलो ४३० ग्रामको १४१ वटा हड्डी, बा २० प ९०७२ नम्बरको मोटरसाइकल र भारतीय मोटरसाइकल बरामद भएको छ ।

राजपुर गाउँपालिकाको वडा नं. ७ बस्ने वर्ष ३१ को वीरबहादुर पुन, सोही ठाउँ बस्ने ४० वर्षीय आशाराम बिक, सोही ठाउका २५ वर्षीय देवबहादुर बिक र रोल्पाको माडी गाउँपालिका वडा नं. ३ का २८ वर्षीय अमलाल घर्ती मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छन् ।

प्रहरीले जेठ २६ गते मध्यान्ह पौने १२ बजे लमही नगरपालिकाको वडा नं. ९ अमिलियास्थित पूर्वपश्चिम महेन्द्रराजमार्गमा प्रतिबन्धित बन्यजन्तु (अखेटोपहार) बाघको छाला ओसारपसार गरेको सूचनाका आधारमा पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।

Published : Saturday, 2023 June 10, 9:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया