छोराको हत्या गरेर भागेका बाबु काठमाडौंमा पक्राउ

काठमाडौं । प्रहरीले २५ वर्षीय नुर आलम अन्सारीलाई आफ्नै १४ दिनको छोराको हत्या गरेको अभियोगमा पक्राउ गरेको छ ।

१४ दिने छोराको हत्या गरी फरार रहेका अभियुक्त बाराको देवताल गाउँपालिका–४ तिप्राडी टोल बस्ने अंसारीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

आफ्नै १४ दिनको छोराको यही जेठ १४ गते हत्या गरी फरार रहेका अंसारीलाई प्रहरीले खोजी गर्ने क्रममा काठमाडौंको चन्द्रागिरी नगरपालिका–१५ ढुंगेअड्डा पिपलबोटबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय बारा पठाइएको छ ।

Published : Wednesday, 2023 June 7, 11:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया