ठमेलमा जेनिशाको हत्या, अमरसँग के थियो सम्बन्ध ?
काठमाडौं । काठमाडौंको ठमेलमा २६ वर्षीया जेनिशा तामाङको हत्याको अभियोगमा प्रहरीले ३० वर्षीय अमर रञ्जितकारलाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–२६ ठमेल भगवतीवहाल डेरा गरी बस्ने चितवनको राप्ती नगरपालिका–७ घर भएकी जेनिशाको हत्या भएको थियो । जेनिशा र अमर लिभिङटुगेदरमा बस्दै आएको खुलेको छ ।
जेनिशाको हत्याको अभियोगमा सोही ठाउँ डेरा गरी बस्ने काभ्रेको धुलिखेल नगरपालिका–१० घर भएका अमरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
उनीहरूवीच आपसी विवाद भई झै–झगडा एवम् कुटपिट हुँदा गम्भीर घाइते भएकी जेनिशाको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको थियो ।
जेनिशाको मृत्यु भएको खबर प्राप्त हुनासाथ प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न रञ्जितकारलाई पक्राउ गरेको हो ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया