राष्ट्रपति पौडेलद्वारा आचार्यलाई युगकवि सिद्धिचरण पुरस्कार प्रदान
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको युगकवि सिद्धिचरण श्रेष्ठका नाममा स्थापित युगकवि सिद्धिचरण पुरस्कार प्राध्यापक डा.जयराज आचार्यलाई प्रदान गरेका छन् ।
सोमबार युगकवि सिद्धिचरण प्रतिष्ठानले युगकवि सिद्धिचरण श्रेष्ठको ११२औँ जन्मजयन्तीका अवसरमा शीतलनिवासमा आयोजना गरेको कार्यक्रममा पौडेलले भाषा, साहित्य र कुटनीतिको क्षेत्रमा योगदान पुर्याएवापत डा.आचार्यलाई पुरस्कार प्रदान गरेका हुन् ।
पुरस्कारको राशि एक लाख नगदसहित सम्मानपत्र रहेको छ । राष्ट्रपति पौडेलले यसवर्षको युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कार पत्रकार चेतनाथ धमलालाई प्रदान गरेका छन् ।
सो पुरस्कारको राशि २५ हजार नगदसहित सम्मानपत्र रहेको छ । कार्यक्रममा राष्ट्रपति पौडेलले प्रतिष्ठानमा कार्यरत जनक खड्कालाई कदरपत्र प्रदान गरेका हुन् ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष वैरागी काइला, संरक्षक रविचरण श्रेष्ठ, पुरस्कृत व्यक्तित्व आचार्य, प्रा.डा.मोहन लोहनीले युगकवि सिद्धिचरणको साहित्य साधना, बहुआयामिक व्यक्तित्व र कृतित्वबारे प्रकाश पारेका छन् ।
बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया