कांग्रेसका सह–महामन्त्री चौधरीलाई मातृशोक
काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री उमाकान्त चौधरीलाई मातृशोक परेको छ ।
पूर्वमन्त्री समेत रहेका नेता चौधरीकी आमा मदेशिया थरुनीको सोमबार बिहान २ बजे निधन भएको कांग्रेसद्वारा जारी शोक वक्तव्यमा उल्लेख छ ।
बारा जिल्लाको क्षेत्र नं. १ कोल्हवी नगरपालिका वडा नं. ११ स्थित निवासमा थरुनीको निधन भएको छ ।
विक्रम संवत् २००३ मा जन्मिएकी थरुनीले नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेकी थिइन् ।
थरुनीको निधनबाट नेपाली कांग्रेसले एक अग्रज व्यक्तित्वलाई गुमाएको जनाएको छ ।
स्व.थरुनीको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दु:ख व्यक्त गरेका छन् ।
भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै सभापति देउवाले आत्माको चीर शान्तिको कामना गरेका छन् ।
पार्टीका सह–महामन्त्री चौधरी लगायत शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट देउवाले गहिरो समवेदना प्रकट गरेका छन् ।
बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया