विभिन्न देशमा आवासीय र गैर आवासीय राजदूतहरू नियुक्त
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न पाँच मुलुकका लागि राजदूतहरू नियुक्त गरेका छन् ।
राष्ट्रपतिले पाँच देशमा आवासीय राजदूत तथा पाँच देशमा गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेका हुन् ।
नवनियुक्त आवासीय राजदूतमा मलेसियाका लागि डिल्लीराज पौडेल, ब्राजिलका लागि निर्मलराज काफ्ले रहेका छन् ।
भरतकुमार रेग्मी अष्ट्रिया, मिलनराज तुलाधार रुसी महासंघ, प्रा.डा.रामस्वार्थ राय डेनमार्क र सुशीलकुमार लम्साल इजिप्ट रहेका छन् ।
उनीहरूलाई क्रमश: पौडेललाई ब्रुनाई दारुसलाम, काफ्लेलाई गणतन्त्र चिली, रेग्मीलाई क्रोएसिया, तुलाधारलाई गणतन्त्र काजखस्तान, रायलाई लितुआनिया र लम्साललाई प्रजातान्त्रिक जनगणतन्त्र अल्जेरियाका लागि गैरआवासीय राजदूतको जिम्मेवारी दिइएको विज्ञप्तिमा उल्लेख छ ।

बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया