मौरीघाटमा अटो र मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
मसुरिया । दाङको देउखुरीमा भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छभने तीन जना घाइते भएका छन् ।
आइतबार राप्ती गाउँपालिका–४ श्रीनारायण चोकमा भे.१२ प ७५०४ नम्बरको मोटरसाइकल र रा.१ ह ५६०१ नम्बरको अटो एकआपसमा ठक्कर खाई दुर्घटना भएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
अटो चालक घोराही उप–महानगरपालिका–५ बस्ने ३२ वर्षीय किरण रोकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका रोकाको स्वास्थ्य चौकी सिसहनियामा उपचारको क्रममा मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका अटोमा सवार १ जना र मोटरसाइकलमा सवार २ जना गरी ३ जनालाई सोही स्वास्थ्य चौकी लगिएकोमा थप उपचारको लागि १ जनालाई राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ र २ जनालाई नेपालगञ्ज रिफर गरिएको छ ।
अटोमा सवार घोराहीको मसिना बस्ने ५० वर्षीया डिलसरा बादीको वाँया हातमा चोट लागेको छ ।
मोटर साइकल चालक राप्ती गाउँपालिका–३ बसन्तपुर बस्ने वर्ष ३३ का दोर्णबहादुर चौधरी रहेका छन् । उनको मुख, निधार, दाहिने हातमा चोट लागेको छ ।
मोटर साइकलको पछाडि सवार राप्ती गाउँपालिका– ३ बसन्तपुर बस्ने वर्ष ३० को सुन्दरप्रसाद चौधरीको दाहिने हात र दुबै खुट्टामा चोट लागेको छ ।
बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया