आशुतोष प्रधान बने प्रवक्ता

काठममाडौं । विवेकशील साझाले केन्द्रीय सदस्य आशुतोष प्रधानलाई पार्टीको प्रवक्ताको जिम्मेवारी दिएको छ ।

पार्टीको शुक्रबार बसेको केन्द्रीय समिति बैठकले प्रधानलाई प्रवक्तामा नियुक्त गरेको हो ।

विवेकशील साझा पार्टीका नव नियुक्त प्रवक्ता प्रधान पर्यटन उद्यमी हुन् । त्रिभुवन विश्व विद्यालयमा संस्कृति पर्यटनका पीएचडी स्कलर प्रधानले पार्टीको उद्यमशीलता विभागको नेतृत्व कुशलता पूर्वक सम्पन्न गरिसकेको पार्टीका उपाध्यक्ष प्रकाशचन्द्र परियारले बताए ।

राजनीतिक घरानाका प्रधान तनहुँको बन्दीपुरका स्थायी बासिन्दा हुन् ।

Published : Saturday, 2023 June 3, 3:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया