बेनी–जोमसोम–कोरोला सडक हाम्रो ड्रिम प्रोजेक्ट हो : सांसद योगेश थकाली
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा प्रतिनिधि सभाका सांसद योगेश गौचन थकालीले राजनीतिक दल भनेको जनतासँग जोडिनको लागि एउटा माध्म मात्रै भएको बताएका छन् ।
गृहजिल्ला मुस्ताङमा शुक्रबार आयोजित कार्यक्रममा सांसद थकालीले भने, ‘मेरो कामको मूल्यांक अहिले बोलेको आधारमा नगरिदिनु होला ।’
उनले भने, ‘पाँच वर्षभित्र गर्ने कामको मूल्यांकनका आधारमा गर्नु हुन अनुरोध छ । म नेता र नेतृत्वकर्ता बन्ने हो भने त्यही राजनीतिक संस्कारलाई अंगाल्नुपर्छ ।’
उनले आफ्नो बुबा रोमी गौचन थकालीबाट राजनीतिमा शिक्षित बनेको बताएका छन् ।
सांसद गौचनले आर्थिक वर्ष २०८०/८१ को बजेटमा अर्थमन्त्री डा.रामशरण महतले कालीगण्डकी करिडोरको गैंडाकोट–राम्दी–बाग्लुङ खण्ड र बेनी–जोमसोम–कोरोला सडक खण्ड गरी थप ६० किलोमिटर सडक कालोपत्र गरी स्तरोन्नति गर्ने उल्लेख रहेको बताए । सो सडकका लागि १ अर्ब ५८ करोड बजेट व्यवस्था बजेटमा भएको उनले बताएका छन् ।
सांसद गौचनले योजना र कार्यक्रम परे पनि गतिका साथ काम हुन नसकेकोमा चिन्ता जनाएका छन् । उनले स्थानीय निकायले मात्रै जनतासँग सम्पर्कमा रहेर काम गर्ने गरेको बताए ।
सांसद गौचनले केन्द्र सरकार र प्रदेश सरकारमार्फत मुस्ताङको विकासका लागि पहल गर्ने बताएका छन् । उनले ५ वर्षमा सबै काम गर्न नसकिने भए पनि चुनावका बेला बेनी–जोमसोम–कोरोला सडकखण्ड आफ्ना बुबा रोमी गौचन थकालीको ड्रिम प्रोजेक्ट रहेको भन्दै त्यसलाई पूरा गर्ने बताएका छन् ।
मुस्ताङ कांग्रेसको सभापति शेरबहादुर देउवाले प्रशंसा गरेको सांसद थकालीले बताएका छन् । उनले मुस्ताङ कांग्रेसका नेता कार्यकर्ताको योगदानलाई सभापति देउवाले स्मरण गरेको बताए ।
बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया