बागमती सरकारको नीति तथा कार्यक्रमको सभापति बानियाँद्वारा बचाउ

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश सभाका सदस्य तथा सभापति ईन्द्रबहादुर बानियाँले प्रदेश सरकारले पेश गरेको नीति तथा कार्यक्रमको बचाउ गर्दै राम्रो रहेको बताएका छन् ।

बागमती प्रदेश सभाको शुक्रबार बसेको बैठकमा सभापति बानियाँले नीति तथा कार्यक्रम निकै राम्रो रहेको बताए । उनले नागरिकता विधेयकका विषयमा कुरा उठेको भन्दै नेपालमा रहेका आमाबाबु र नेपालमा जन्मिएका छोराछोरीलाई नागरिकता दिँदा के आपत्ति भयो ? भनेर प्रश्न गरेका छन् ।

सभापति बानियाँले विवाह गरेर आउने बुहारीलाई नागरिकता दिँदा के भयो भनेर जवाफ दिएका छन् । उनले नागरिकता विधेयकलाई भोलिका दिनमा चित्त नबुझ्ने परिवर्तन गर्न सक्ने बताए । उनले नागरिकता विधेयकलाई लिएर अतिरञ्जित गर्ने र राष्ट्रपतिको विरोध गरेकोमा आपत्ति जनाए ।

१०४ वर्षीय राणा शासनमामा शासन थियो तर मान थिएन भनेर सभापति बानियाँले जवाफ दिएका छन् । उनले ३४ वर्षपछि राजनीतिक व्यवस्थालाई बदनाम गर्न लागेको भन्दै चिन्ता जनाएका छन् । सामन्ती व्यवस्थामा सीमित व्यक्तिको शान हुने भन्दै सभपाति बानियाँले यो व्यवस्थाभित्र असल हुन नसके जनताको नजरमा बदनाम र जेल पनि जान सक्ने बताएका छन् ।

शिक्षा, स्वास्थ्य, बाटोघाटो र आईटीजीको क्षेत्रमा धेरै सुधार भएको उनले बताएका छन् । उनले संघीयता कतिपयलाई मन नपरेको भन्दै गाउँको विकास संघीयताले गरेको बताएका छन् ।

सभापति बानियाँले संघीयताले शान र भूगोलको पहिचान दिएको बताएका छन् । उनले गणतन्त्रभित्र धेरै कुरा पाउँदा छाडातन्त्रतिर गयौँ कि ? भनेर प्रश्न गरेका छन् । उनले संघीयता चाहिँदैन भनेर नयाँ शक्तिहरू आएको भन्दै अहिलेकै व्यवस्थामा जसले गलत गर्छ त्यही पर्छ भन्ने स्पष्ट रहेको बताए । बानियाँले अहिलेको व्यवस्थाप्रति भ्रम नफैलाउन चेतावनी दिएका छन् ।

छाडातन्त्रलाई रोक्नका लागि कानून बनाउन पनि आवश्यक रहेको सभापति बानियाँले बताएका छन् । उनले प्रतिपक्षहरूले नीति तथा कार्यक्रमको विरोध गरेर प्रतिपक्षको धर्म निभाएको बताएका छन् ।

सभापति बानियाँले हिजोका दिनमा बजेट खर्च नभएको बताए । उनले अहिले सुरुङ मार्ग लगायतका ठूला योजना परेको भन्दै बजेटको अभावमा आशंका गरेका छन् । उनले नीति तथा कार्यक्रममा योजना बने पनि बजेटको व्यवस्था के हुन्छ ? भनेर चिन्ता जनाएका छन् ।

Published : Friday, 2023 June 2, 11:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया