काठमाडौंमा शिलाको घरमा प्रहरी छापा, जुवातास खेलिरहेको समूह पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौंमा ५७ वर्षीया शिला गुरुङको घरमा छापामारेर ६ जना जुवातास खेल्ने समूहलाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–३ महाराजगंज बाँसबारी धारापाटीस्थित शिलाको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले छापामारेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
शिला समेत ६ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ ।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७२ हजार ४ सय ५० रूपियाँ, ३ बुक तास र बिस ओटा सिमीका दानासहित पक्राउ गरेको छ ।
Published : Friday, 2023 June 2, 10:54 pm
बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया