गोंगबुबाट भाग्दै गरेका तनहुँ र सिन्धुपाल्चोकका दुई युवाहरू पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौंबाट दुई जनालाई पाकेटमारी भाग्दै गरेको अवस्थामा पक्राउ गरेको छ ।
गोगंबुस्थित सार्वजनिक यातायातमा पाकेटमारी भाग्दै गरेको अवस्थामा २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
पक्राउ पर्नेहरूमा तनहुँको बन्दीपुर गाउँपालिका–५ घर भई हाल काठमाडौंको टोखा नगरपालिका–८ बानियाँटार बस्ने ३० वर्षीय मणिराज गुरुङ र सिन्धुपाल्चोकको बलिफी गाउँपालिका–५ घर भई हाल काठमाडौं महानगरपालिका–२६ बस्ने २९ वर्षीय आशिष ठकुरी रहेका छन् ।
काठमाडौं महानगरपालिका–२६ गोगंबुस्थित सार्वजनिक यातायातमा सवार १ जना पीडितको साथबाट नगद ३४ हजार रुपियाँ पाकेटमार गरी भाग्ने क्रममा प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
Published : Friday, 2023 June 2, 10:09 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया