काठमाडौंमा प्रहरीको ठूलो छापा, निशिखोलाका भण्डारीसहितको जुवाडेहरु पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौंबाट जुवातास खेल्ने ६ जनालाई पक्राउ गरेको छ ।
चन्द्रागिरी नगरपालिका–१० लिक मार्गस्थित जस्ताको टहरोमा जुवातास खेलिरहेको अवस्थामा बाग्लुङको निशिखोला गाउँपालिका–१ घर भएका ५२ वर्षीय सुर्जबहादुर भण्डारी समेत ६ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
विशेष सूचनाको आधारमा प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २६ हजार ८० रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।
झापाको दमक नगरपालिका–१ हल्दार चोक नजिक लिम्बु होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४६ वर्षीय भीम योगी समेत ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा अस्थाई प्रहरी पोष्ट फागुनन्दबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २७ हजार ८ सय ७० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।
पाँचथरको फिदिम नगरपालिका–१ बुद्धमार्गस्थित याङनाम होटलमा जुवातास खेलिरहेको अवस्थामा फिदिम नगरपालिका–१ बस्ने ३६ वर्षीय गजेन्द्र थामसुहाङ समेत ९ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५७ हजार २० रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया