काठमाडौं, भक्तपुर र ललितपुरमा सार्वजनिक बिदा
काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा भोलि बिहीबार सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरेर भोटो देखाउने जात्राको अवसरमा भोलि बिहीबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको जनाएको छ ।
भोटो देखाउने जात्राको अवसरमा काठमाडौं, ललितपुर र भक्तपुरमा बिहीबार सार्वजनिक बिदा हुनेछ ।
ललितपुरमा हरेक वर्ष हुने रातो मच्छिन्द्रनाथको जात्रा अन्तर्गत बिहीबार जाउलाखेलमा भोटो देखाउने जात्रा हुँदैछ ।
राष्ट्रपतिले पनि जाउलाखेलमा उपस्थित गराएर भोटो हेर्ने परम्परा छ ।

Published : Wednesday, 2023 May 24, 5:21 pm
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया