भुटानी शरणार्थी प्रकरणका दोषीहरू थप तीन दिन हिरासतमा बस्ने
काठमाडौं । जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूलाई थप ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
आइतबार अदालतले पक्राउ परेका १६ जनालाई अनुसन्धान गर्न प्रहरीलाई ३ दिनको अनुमति दिएको हो ।
उनीहरूलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले समय मागेको थियो । अदालतले तीन दिनको समय दिएको छ ।
नेपालीहरूलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भनेर ठगी गरेको आरोपमा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउप–प्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वगृहसचिव टेकनारायण पाण्डेलगायत १६ जना पक्राउ परेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापालगायत फरार छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया