परराष्ट्रमन्त्री साउद र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस.जयशंकरबीच भेटवार्ता भएको छ ।
बंगलादेशको ढाकामा जारी छैटौं हिन्द महासागर सम्मेलनमा सहभागी हुन ढाका पुगेका परराष्ट्रमन्त्री साउदले भारतीय समकक्षी जयशंकरसँग साइडलाइन वार्ता गरेका हुन् ।
जयशंकरले ट्वीटरमार्फत साउदसँग पहिलो भेट फलदायी भएको र नयाँ जिम्मेवारीका लिग बधाई दिएको उल्लेख गरेका छन् ।
‘हामीबीच निरन्तर बढिरहेको साझेदारीलाई अगाडि बढाउन चाल्नुपर्ने कदमबारे छलफल भयो’, जयशंकरले भनेका छन्, ‘ऊर्जा, कनेक्टिविटी र जनता जनताबीचको हाम्रो स्थायी सम्बन्धबारे पनि कुराकानी भयो ।’
परराष्ट्रमन्त्री साउदले भारतीय समकक्षीलाई भेटेर खुशी लागेको भन्दै द्विपक्षीय सहयोगका लागि मिलेर काम गर्न चाहेको उल्लेख गरेका छन् ।

बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया