सामान्य कुरामा राप्रपाले नौटंकी देखायो
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा) का सांसदहरूले प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेका छन् ।
बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले आकस्मिक समयमा बोल्न समय नदिएको विरोधमा राप्रपाका सांसदहरूले नाराबाजी गरेर सदन अबरुद्ध बनाएका हुन् ।
नाराबाजीका क्रममा सांसदहरूले हामीले पनि कपडा खोल्नुपर्ने अवस्था आएको होभन्दै सभामुखलाई प्रश्न गरेका छन् ।
राप्रपाका सांसद दीपकबहादुर सिंहले भने, ‘अब के हामीले पनि लुगा खोल्नुपर्ने भयो सभामुख महोदय ? यो हो तरिका ? हामीले हाम्रो कुरा राख्न नपाउने ?’
राप्रपाका सांसदहरूले लगातार नाराबाजी गरेपछि सभामुख घिमिरेले १५ मिनेटका लगि प्रतिनिधि सभाको बैठक स्थगित गरेका छन् ।
राप्रपाले बोल्न नपाएकै कुरालाई लिएर सदनभित्र उत्पात मच्चाएको छ । राप्रपाले आफ्नो संख्या र साइजअनुसार समय पाउँदै आएको छ । तैपनि सदन अवरुद्ध गरेर आफ्नो अहँकार देखाएको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया