प्रधानमन्त्री र अर्थ मन्त्रीको ‘मोबाइल’मा कुरा मिल्यो

काठमाडौं । विदेशबाट फर्किने नेपाली नागरिकलाई दुई थान मोबाइल ल्याउन दिने निर्णय गरेको छ ।

सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले दुई थान मोबाइल सेट ल्याउन दिने निर्णय गरेको हो । झिटिगुन्टा आदेश संशोधन गरी थप एउटा मोबाइल ल्याउन दिने व्यवस्था गर्ने निर्णय गरिएको छ ।

झिटिगुन्टा आदेशमा विदेशबाट फर्किने नेपाली नागरिकले पूर्ण भन्सार छुटमा एक थान मोबाइल ल्याउन पाउने व्यवस्था छ ।

पुस १५ गतेदेखि एमडीएमएस प्रणाली लागू गर्दै विमानस्थल भन्सारले प्रयोग भइरहेको वा नयाँ जुनसुकै फोन एक थान मात्र ल्याउन दिएपछि विवाद भएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालका लागि एमडीएमएस प्रणाली लागू नगर्न निर्देशन दिएका थिए ।

मन्त्रिपरिषदले एमडीएमएस प्रणाली लागु गर्ने र विदेशबाट फर्किने नेपाली नागरिकले थप एक थान (प्रयोग गरिरहेको बाहेक) फोन ल्याउन दिने गरी झिटिगुन्टा आदेश संशोधन गर्ने निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी छिन् ।

अर्थमन्त्री डा.प्रकाशशरण महतले विदेशमा रहेका नेपाली स्वदेश फर्किने क्रममा आफूले बोकेको बोहक अतिरिक्त एउटा मोबाइल सेट ल्याउन दिनुपर्ने पक्षमा थिए । उनले पनि प्रधानमन्त्री दाहालसँग मोबाइलका दुई वटा सेट ल्याउन दिनुपर्ने पक्षमा लबिङ गरेका थिए ।

Published : Tuesday, 2023 May 9, 11:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया