बसबाट लडेर एक जनाको मृत्यु

काठमाडौं । उदयपुर जिल्लामा बसबाट खसेर ३८ वर्षीय सुमन भुजेलको मृत्यु भएको छ ।

कटारी नगरपालिका–२ खोक्सास्थित सडकमा ग.२ ख १०१ नम्बरको बसबाट लडेर बसमा सवार उदयपुरको कटारी नगरपालिका–५ सिसाघारी बस्ने भुजेलको मंगलबार बिहान मृत्यु भएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

लडेर गम्भीर घाइते भएका उनको कटारी अस्पतालमा सामान्य उपचार पश्चात पुरानो मेडिकल कलेज चितवन लगिएको थियो ।

भुजेलको उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Published : Tuesday, 2023 May 9, 9:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया