एक्लिदै ओली सरकार, कम्यनिस्ट पार्टीहरू नै विरोधमा उत्रिए
काठमाडौं । केपी ओली नेतृत्वको कम्युनिस्ट सरकारले मूल्य वृद्धि गरेको विरोधमा तीनवटा साना कम्युनिस्ट पार्टीहरूले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।
पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि र दैनिक उपभोग्य वस्तुमा अस्वभाविक मूल्य वृद्धि गरेको विरोधमा बिहीबार साना कम्यनिस्ट पार्टीहरूले काठमाडौंमा प्रदर्शन गरेका हुन् ।
मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पाले संयुक्त रुपमा सरकारविरुद्ध विरोध प्रदर्शन गरेका थिए ।
विरोध प्रदर्शनका क्रममा ओली नेतृत्वको सरकार विरुद्ध नारावाजी समेत लगाएका थिए । उनीहरूले कम्यनिस्ट सरकारको नाममा जनतालाई ठूलो धोका दिएको आरोप लगाए ।
ओली नेतृत्वको कम्यनिस्ट सरकारविरुद्ध पहिलो पटक साना कम्यनिस्ट पार्टीहरूले संयुक्त रुपमा विरोध प्रदर्शन गरेका हुन् । यो प्रदर्शनसँग ओली सरकार एक्लिने बाटोमा पुगेको क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेलले बताए ।
यसमा तपाइको मत