तेक्वान्दोले अन्तर्राष्ट्रिय क्षेत्रमा देशको नाम राखेको छ : सभापति बानियाँ
काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले विदेशबाट धेरै मेडल ल्याउने खेलमा तेक्वान्दो रहेको भन्दै प्रशंसा गरेका छन् ।
काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा सभापति बानियाँले तेक्वान्दोलन नेपालको राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा नाम राखेको बताए । उनले तेक्वान्दो खेलको मुलुकका लािग ठूलो योगदान रहेको बताए ।
उनले बुबाको मुख हेर्ने दिन तेक्वान्दो खेलको कार्यक्रम राखिएको भन्दै आयोजकलाई धन्यावाद दिएका छन् ।
कार्यक्रममा कांग्रेस नेता ध्यानगोविन्द रञ्जित, जैसीदेवल क्लवका अध्यक्ष राजेश प्रजापतिलगायतको उपस्थिति रहेको थियो ।
यसैबीच, जैसीदेवल युथ क्लब, काठमाडौंले शनिबार २९औं जन्मोउत्सव मनाएको छ ।
कार्यक्रममा इन्ट्रा तेक्वान्दो प्रतियोगिताका विजयी खेलाडी तथा तेस्रो चित्रकलाका प्रतियोगी बिजेताहरूलाई मेडल तथा प्रमाण बितरण गरिएको थियो ।


बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया