यी २१ जिल्ला न्यायाधीशहरूको पदस्थापना, को कहाँ पुगे ?
काठमाडौं । न्याय परिषदले २१ जिल्लाका जिल्ला न्यायाधीशहरूको पदस्थापना गरेको छ ।
साउन ३१ गते नियुक्ति सिफारिस गरिएका २१ जिल्ला न्यायाधीशलाई विभिन्न जिल्ला अदालतमा पदस्थापना गरिएको हो ।
परिषदले एक नम्बरमा सिफारिस भएका न्यायाधीश टेकबहादुर कार्कीलाई सुनसरी जिल्ला अदालतमा पदस्थापन गरिएको छ ।
प्रकाश कोइरालालाई मोरङ जिल्ला अदालतमा पोष्टिङ गरिएको छ । ध्रुवकुमार ढकाललाई महोत्तरी, विकास श्रेष्ठलाई सुनसरी, नवराज दुलाललाई उदयपुरमा पदस्थापन गरिएको छ ।
जगन्नाथ पौडेल (धनुषा), विष्णुकुमार रेग्मी (रुपन्देही), पुरुषोत्तम नेपाल (पर्सा), राजेश्वर अर्याल (मोरङ), महेन्द्रबहादुर थापाक्षेत्री (कास्की), भीमबहादुर निरौला (झापा), रामानन्दप्रसाद अधिकारी (कपिलवस्तु), मोहन सुवेदी (मोरङ)मा पदस्थापना भएको छ ।
सुरेशराज खनाल (सुनसरी), निर्मला शर्मासुवेदी (चितवन), हर्कबहादुर क्षेत्री (सप्तरी), पूर्णिमा कोइराला (रौतहट), तारादेवी महर्जन (बारा), डल्लुराम चौधरी (कैलाली), ताराकुमारी शर्मा (दाङ) र भगवती शर्मा ढुङ्गाना पर्सा जिल्ला अदालतमा पदस्थापन भएका छन् ।


बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया