बालेनले काठमाडौंका विवादित धनपतिको शासन ढालिदिए, राजुले पाए जिम्मेवारी
काठमाडौं । काठमाडौं महानगरपालिकाले नगर प्रहरीका विवादित प्रमुख (एसपी) धनपति सापकोटालाई हटाएको छ ।
मेयर बालेन्द्र शाह ‘बालेन’ले नगरप्रहरी प्रमुखबाट प्रहरी उपरीक्षक (एसपी) सापकोटालाई हटाएका हुन् । मेयर शाहले एसपी राजु पाण्डेलाई जिम्मेवारी दिएका छन् ।
काठमाडौं महानगरपालिकामा ५ जना नगरप्रहरी उपरीक्षक(एसपी) छन् ।
जसमध्ये पाण्डेलाई प्रमुखको जिम्मेवारी प्रदान गरिएको मेयर बालेनको सचिवालयले जानकारी दिएको छ ।
नगरप्रहरी प्रमुख पाण्डेले आफूलाई दिएको जिम्मेवारी कर्तव्यनिष्ठ भएर पालाना गर्ने बताएका छन् ।
यसअघि नगर प्रहरी प्रमुख रहेका सापकोटालाई मेयर शाहले प्रशासनतर्फ खटाएका छन् ।
लामो समयदेखि धनपति सापकोटा काठमाडौं महानगरको प्रहरी प्रमुख थिए । उनले धेरै व्यक्तिलाई दुःख दिएर हैरान बनाएका थिए ।
मेयर शाहले सापकोटालाई नगर प्रहरीको प्रमुखबाट हटाएर ठूलो राहतको काम गरेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया