कर्मचारीहरूको नयाँ तलब र ग्रेड स्वीकृत, १२९ अस्थायी दरबन्दी सिर्जना
काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको सरकारले सबै राष्ट्र सेवक कर्मचारीहरूको नयाँ तलबमान र ग्रेड स्वीकृत गरेको छ ।
आइतबार सिंहदबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका सञ्चार, सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नयाँ तलबमान र ग्रेड लागू गर्ने निर्णय गरिएको जानकारी दिए ।
साउन १ गतेदेखि लागू हुने गरी आर्थिक वर्ष २०७९–८० को नयाँ तलबमान र ग्रेड सरकारले स्वीकृत गरेको छ ।
मन्त्री कार्कीले भने, ‘सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षकका लागि २०७९ साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान एवम् ग्रेड स्वीकृत गर्ने निर्णय भएको छ ।’
सरकारले आर्थिक वर्ष २०७८–७९ का लागि मन्त्रालयअन्तर्गत विभिन्न आयोजनाहरूका लागि राजपत्राङ्कित श्रेणीका पदहरूको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय पनि सरकारले गरेको छ ।
सरकारले एकैपटक विभिन्न तीन वटा मन्त्रालयमा १२९ वटा अस्थायी दरबन्दी सिर्जना गरेको छ ।
सरकारले ऊर्जा जलश्रोत तथा सिंचाई मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा १२९ वटा अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।
मन्त्री कार्कीले विभिन्न आयोजनाहरूका लागि राजपत्रांङ्कित श्रेणीका १२९ पदहरूको अस्थायी दरबन्दी स्वाकृत गर्ने निर्णय गरेको जानकारी दिएका छन् ।
सरकारले ऊर्जा मन्त्रालयमा ५१, कानून मन्त्रालयमा ५८ र कृषि मन्त्रालयमा २० वटा राजपत्रांकित श्रेणीका पदहरूको अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।


बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया