कांग्रेसबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरू सानेपामा, धमाधम दर्ता भए
काठमाडौं । नेपाली कांग्रेसबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूले आफ्नो नाम दर्ता गराएका छन् ।
आइतबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा स्थानीय तहका जनप्रतिनिधिहरूले आफ्नो नाम दर्ता गराएको कांग्रेसका पूर्व केन्द्रीय सदस्य किरण गिरीले जानकारी दिए ।
कांग्रेसले महानगरपालिका, उप–महानगरपालिका, नगरपालिका तथा गाउँपालिकाका प्रमुख र उप–प्रमुखहरूलाई
साउन ३० र ३१ गते अभिमुखीकरण कार्यक्रम गर्दैछ ।
सोही कार्यक्रममा सहभागी हुनका लागि कांग्रेसले आफ्ना जनप्रतिनिधिहरूलाई दर्ता गर्न निर्देशन दिएको थियो ।
सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।
Published : Sunday, 2022 August 14, 2:40 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया