अनुसन्धान विभागको एआईजीमा थापा र जोशीको बढुवा
काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशकमा हुतराज थापा र ओम जोशीको बढुवा भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले थापा र जोशीलाई राष्ट्रिय अनुसन्धान विभागको बढुवा गर्ने निर्णय गरेको स्रोतले जनाएको छ ।
थापा विभागको राजधानी प्रमुख थिए । जोशी मधेश प्रदेशको प्रमुख थिए । विभागका प्रमुख यदुलाल खरेलले भदौ २३ गतेबाट अवकाश पाउँदैछन् ।
सरकारले भदौ २३ गतेपछि थापा र जोशीमध्येबाट वरिष्ठताका आधारमा विभागको प्रमुखमा नियुक्त गर्नेछ ।
यसअघि सरकारले ६ दिनका लागि मुख्य अनुसन्धान निर्देशक पदमा कुलदेव थापालाई बढुवा गरेको थियो ।
अतिरिक्त मुख्य अनुसन्धान निर्देशक पद नेपाल प्रहरीको एआईजी सरहको हो ।
Published : Thursday, 2022 August 11, 9:21 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया