कम्युनिस्ट जस्तो उदण्ड छैन नेविसंघ, ताला खोलेर देखायो नैतिकता
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालय सेवा आयोग कार्यालयमा लगाएको ताला खोलेको छ ।
आइतबार नेविसंघले ताला खोलेको विज्ञप्तिमार्फत जनाएको छ ।
नेविसंघ ताला लगाएपछि त्रिवि सेवा आयोगमा प्राध्यापक तथा सह–प्रध्यापकको अन्तर्वार्ता रोकिएको थियो ।
नेविसंघको त्रिवि कार्यसमितिका सचिव योगेन्द्र रावलले त्रिवि सेवा आयोगमा लगाइएको ताला खोलिएको जानकारी दिएका छन् ।
सेवा आयोगले २०७७÷०७८ मा आन्तरिक प्रतियोगिताबाट विभिन्न पदहरूमा पदपूर्ति गर्न विज्ञापन गरेकामध्ये व्यवस्थापन र समाजशास्त्र, हिन्दी र मैथली विषयको अन्तर्वार्ता गत साउन १५ गतेदेखि सुरू गर्ने तालिका थियो ।
नेविसंघले गत साउन १२ मा त्रिवि सेवा आयोगमा प्राध्यापक तथा सह–प्राध्यापकहरूको अन्तर्वार्ता रोक्न माग गर्दै तालाबन्दी गरेको थियो ।
नेविसंघले जिम्मेवारीबोध गर्दै ताला खोलेर नैतिकता देखाएको छ ।

बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया