सिंहदरबारकै छेउको सरकारी कार्यालय आधा दिनसम्म बन्द
काठमाडौं । सञ्चार तथा प्रविधि मन्त्रालयअन्तर्गतको मुद्रण विभागको राजपत्र वितरण कक्ष सोमबार आधा दिनसम्म ताला लागेको अवस्थामा भेटिएको छ ।
सोमबार कार्यालय समयभित्र खुल्नुपर्ने वितरण कक्ष दिउँसो साढे १२ बजेसम्म ताला लागेको अवस्थामा थियो । सरकारी कर्मचारीहरूको हर्कत र लापरबाहीका कारण राजपत्र खरिद गर्न गएका सेवाग्राहीहरू तनावपूर्ण अवस्थामा थिए ।
सरकारी कार्यालयका कर्मचारीहरूको यस्तै लापरबाहीपूर्ण कार्यले सेवाग्राहीहरू आजित हुने गरेका छन् ।
जिम्मेवार निकायले यस्ता गैरजिम्मेवार कर्मचारीहरूलाई दण्ड सजाय नदिएका कारण आधा दिनसम्म पनि कर्मचारीहरू कार्यालयमा नआउने गरेका हुन् ।
राजपत्र वितरण कक्ष सोमबार आधा दिनसम्म ताला लगेको विषयमा प्रतिक्रिया लिन सम्पर्क गर्दा फोन उठेन ।



बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया