यी हुन् अराजक सरकारी कर्मचारीहरू, सिंहदरबारभित्रै औकात देखाए
काठमाडौं । नायब सुब्बा (नासु)हरूले संघीय निजामती ऐनको विरोध गर्दै सिंहदरबारभित्रै प्रदर्शन गरेका छन् ।
सोमबार नासुहरूले सरकारविरुद्ध प्रदर्नश गरेका हुन् । उनीहरूले नासुका मागहरूको माग सम्बोधन नगरेको भन्दै आन्दोलन गर्नुपरेको जनाएका छन् ।
नायब सुब्बामा १० वर्ष काम गरेको नायब सुब्बालाई एक तह र १० वर्ष भन्दामाथि काम गर्नेलाई दुई तह बढुवा गर्ने व्यवस्था संघीय निजामती ऐनमा राख्नुपर्ने आन्दोलनकारी नासुहरूको माग छ ।
माग सम्बोधन नभएसम्म देशभरका २० हजार नायब सुब्बाहरूले देशभर सशक्त आन्दोलनका कार्यक्रम घोषणा गरेर आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
नायब सुब्बाको लागि ३० प्रतिशत ज्येष्ठता, १० प्रतिशत आन्तरिक र १० प्रतिशत अन्तरसेवाको व्यवस्था हुनुपर्ने माग गरेका छन् ।
प्रस्तावित संघीय निजामती ऐनमा माग सम्बोधन नभए देशभर वृहत् आन्दोलन गर्ने नासुहरूले चेतावनी दिएका छन् ।
नासुहरूले प्रस्तावित संघीय ऐनमा संघ, प्रदेश र स्थानीय तहमा एकरुपता काय गर्न समयसीमा किटानका साथै सबै तहमा एउटै मिटिबाट लागू हुनेगरी प्रत्येक ५ वर्षमा एक तह वृद्धि हुनेगरी तहगत व्यवस्था राख्नुपर्ने माग रहेको छ ।
राजपत्रांकित तृतीय श्रेणी शाखा अधिकृतसरहको पदपूर्तिमा ५० प्रतिशत खुला, ४० प्रतिशत बढुवा र १० प्रतिशत आन्तरिक प्रतिस्पर्धाको व्यवस्था हुनुपर्ने माग छ ।
नासुहरूले आफ्नो अधिकारको दुरुपयोग गरेर सरकारलाई असहयोग हुने गरेर सिंहदरबारभित्रै अराजक शैलीमा प्रदर्शन गरेर औकात देखाएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया