गण्डकी दंगा प्रहरी गणमा निरीक्षक चालिसेद्वारा दर्ज्यानी चिन्ह प्रदान
बेलचौतारा । गण्डकी प्रदेश दंगा नियन्त्रण प्रहरी गण, तनहुँका निमित्त गण प्रमुख प्रहरी निरीक्षक गोपालप्रसाद चालिसेले दीपेन्द्र भट्टलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
सोमबार गणको कार्यालय बेलचौतारा, तनहुँमा आयोजित विशेष समारोहमा निमित्त गण प्रमुख चालिसेले प्रहरी सहायक हवल्दार पदमा बढुवा भएका दीपेन्द्र भट्टलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा, नक्साल, काठमाडौंको पत्रादेशानुसार प्रहरी जवान पदबाट प्रहरी सहायक हवल्दार पदमा बढुवा भएका सोही गणमा दरबन्दी रहेका भट्टलाई निरीक्षक चालिसेले दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेको सूचनामा उल्लेख छ ।
निमित्त गण प्रमुख निरीक्षक चालिसेले बढुवा भएसंगै थपिने पदीय जिम्मेवारीलाई आत्मसाथ गरी थप प्रभावकारी ढंगले कार्य सम्पादन गर्न गराउन निर्देशन समेत दिएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया