महोत्तरीमा टिप्पर र एक्जाभेटरसहित मानिस पक्राउ
काठमाडौं । महोत्तरीमा अवैध रुपमा गिट्टी बालुवा उत्खन्न गरिरहेका सवारी साधन र मानिसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
शुक्रबार दिउँसो गौशला नगरपालिका–१२ स्थित बाँके खोलाबाट २ वटा टिप्पर र १ वटा जेसीभी (एक्जाभेटर)सहित मानिसहरू नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख (एसपी) कृष्ण पंगेनीले जानकारी दिएका छन् ।
खोलामा अबैध रुपमा गिट्टी, बालुवा, उत्खन्न गरिरहेको खबर प्राप्त हुना साथ प्रहरी चौकी कान्तिबजारबाट प्रहरी टोली खटिएको थियो ।
प्रहरीले प्रदेश २–०३–००१ क.१२००, प्रदेश २–०३–००१ क.१४७५ नम्बरको २ वटा टिप्पर, प्रदेश ३–०१–००३ क.५०३४ न. को जेसीभी (एक्जाभेटर) नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि गौशाला नगर कार्यपालिकाको कार्यालय पठाइएको विज्ञप्तिमा उल्लेख छ ।

बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया