नेपाली राजदूत र भारतीय विदेश सचिवबीच भेट
काठमाडौं । भारतका लागि नेपाली राजदूत शंकर शर्मा र भारतीय विदेश सचिव विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ ।
नयाँदिल्लीमा शुक्रबार बिहान भारतीय विदेश मन्त्रालयमा शर्मा र क्वात्राबीच भेट भएको हो ।
नेपाली राजदूतावासले दुई पक्षीय सहकार्यका विविध विषयमा छलफल भएको ट्वीटमार्फत जनाएको छ ।
‘सम्बन्धका सबै आयामहरूलाई गहिरो र बलियो बनाउन मिलेर काम गर्नेमा दुबै पक्ष सहमत भएका छन्’, राजदूतावासले भनेको छ ।
शर्मा चैतमा भारतका लागि नेपाली राजदूत बनेर गएका थिए ।
तत्कालीन झण्डै दुईतिहाईको खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारले नेपाल–भारतबीचको सम्बन्ध बिगारेको थियो ।
बिग्रिएको त्यो सम्बन्धलाई राजदूत शर्माले सुधारको प्रयास गरेका छन् ।
तत्कालीन प्रधानमन्त्री ओलीले भारतविरुद्ध नानाभाँती अभिव्यक्ति दिएर सम्बन्ध बिगारेको आरोप छ । ओलीले भारतलाई चिढ्याएर चीनसँग निकटता बढाएको चर्चा छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया