करातेका यी २ प्रशिक्षकद्वारा किशोरी बलात्कार

काठमाडौं । प्रहरीले किशोरीलाई सामूहिक बलात्कार गरेको अभियोगमा करातेका २ जना प्रशिक्षकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–४ का ५० वर्षीय सुरज सुवेदी ‘अमर’ र विराटनगर–३ का ५० वर्षीय विनोद राउत रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवम् डीएसपी दीपक श्रेष्ठले जानकारी दिएका छन् । उनीहरूले १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप छ ।

राउत राष्ट्रिय खेलकुद परिषदको मोरङ जिल्ला र सुवेदी संखुवासभाका कराते प्रशिक्षक हुन् ।

किशोरीले होटलमा लगेर सामूहिक बलात्कार गरेको जाहेरी दिएपछि आइतबार पक्राउ गरेर हिरासतमा राखेको डीएसपी श्रेष्ठले बताए ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट २०५२ सालमा करारमा प्रशिक्षक नियुक्त दुवै जनाले २०६१ सालदेखि स्थायी प्रशिक्षकको नियुक्ति पाएका थिए ।

Published : Tuesday, 2022 July 26, 2:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया