कांग्रेस निकटको युनियनमा ज्योतिको शानदार जित
काठमाडौं । नेपाली कांग्रेस समर्थक पत्रकारहरूको संस्था नेपाल प्रेस युनियनको केन्द्रीय सदस्यमा ज्योति कटुवाल निर्वाचित भएकी छिन् ।
युनियनको निर्वाचनमा अनिता विन्दु अध्यक्ष रहेको टिमबाट ज्योतिले उम्मेदवारी दिएकी थिइन् । ज्योतिले शानदार मतका साथ सदस्यमा निर्वाचित भएकी छिन् । उनले कर्णाली प्रदेशतर्फबाट उम्मेदवारी दिएकी थिइन् । ज्योतिले ७८० मत पाएर निर्वाचित भएकी हुन् ।
ज्योति कान्तिपुर दैनिकमा कार्यरत छिन् । दैलेख जिल्लाको नारायण नगरपालिकाको सोतमा जन्मिएकी ज्योतिले जन्मथलो दैलेखबाट पत्रकारिता शुरू गरेकी हुन् ।
ज्योतिले सुर्खेतलाई कर्मथलो बनाएर संघर्ष गरिरहेकि छिन् । ज्योतिका बाबु नेपाल तरूण दल दैलेखका पूर्व अध्यक्ष हुन् ।
Published : Monday, 2022 July 25, 10:17 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया