कांग्रेस निकटको युनियनमा ज्योतिको शानदार जित
काठमाडौं । नेपाली कांग्रेस समर्थक पत्रकारहरूको संस्था नेपाल प्रेस युनियनको केन्द्रीय सदस्यमा ज्योति कटुवाल निर्वाचित भएकी छिन् ।
युनियनको निर्वाचनमा अनिता विन्दु अध्यक्ष रहेको टिमबाट ज्योतिले उम्मेदवारी दिएकी थिइन् । ज्योतिले शानदार मतका साथ सदस्यमा निर्वाचित भएकी छिन् । उनले कर्णाली प्रदेशतर्फबाट उम्मेदवारी दिएकी थिइन् । ज्योतिले ७८० मत पाएर निर्वाचित भएकी हुन् ।
ज्योति कान्तिपुर दैनिकमा कार्यरत छिन् । दैलेख जिल्लाको नारायण नगरपालिकाको सोतमा जन्मिएकी ज्योतिले जन्मथलो दैलेखबाट पत्रकारिता शुरू गरेकी हुन् ।
ज्योतिले सुर्खेतलाई कर्मथलो बनाएर संघर्ष गरिरहेकि छिन् । ज्योतिका बाबु नेपाल तरूण दल दैलेखका पूर्व अध्यक्ष हुन् ।
Published : Monday, 2022 July 25, 10:17 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया