लम्सालको जितसँगै युनियनमा देउवा समूहको लज्जास्पद हार, विपुल पोखरेलले कमाल देखाइदिए
काठमाडौं । नेपाली कांग्रेस समर्थक पत्रकारहरूको संस्था नेपाल प्रेस युनियनमा सभापति शेरबहादुर देउवा निकटका अधिकांश उम्मेदवारहरूको पराजय भएको छ ।
युनियनको ९औं महाधिवेशनबाट अध्यक्षमा शिव लम्सालको शानदार जित भएको छ । लम्सालले निकटतम प्रतिद्वन्द्वी अनिता विन्दुलाई पराजित गरेका हुन् । संयोग नै मान्नुपर्छ लम्साल र विन्दु स्याङजा जिल्ला निवासी हुन् ।
अध्यक्षमा निर्वाचित लम्साल सभापति देउवा निकटका होइनन् । लम्साललाई अध्यक्षमा विजयी बनाउन नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलको ठूलो योगदान छ । पोखरेलकै रणनीति र योजनामा लम्साललाई ठूलो सफलता मिलेको छ । पोखरेलले युनियनमा आफ्नो सशक्त टिमका साथीहरूलाई पनि जिताउन सफल भएका छन् । कार्यसमितिमा पोखरेल निकटका करीव २५ जना पदाधिकारी र सदस्यहरू निर्वाचित भएका छन् ।
महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झा, कांग्रेसका महामन्त्री गगनकुमार थापा, सह–महामन्त्री बद्री पाण्डेलगायतले पनि साथ दिएपछि लम्सालले अध्यक्षमा जित्न सफल भएका हुन् ।
वरिष्ठ उपाध्यक्षमा प्रेम केसी निर्वाचित भएका छन् । उपाध्यक्ष खुलातर्फ २ पदका लागि नकुल अर्याल र भीष्मराज ओझा निर्वाचित भएका छन् । उपाध्यक्ष महिलातर्फ सलोजा दाहाल निर्वाचित भएकी छिन् । उपाध्यक्ष समावेशीतर्फ दीपेन्द्र वान्तवा निर्विरोध निर्वाचित भएका छन् ।
उपाध्यक्ष प्रदेश नम्बर १ तर्फ डिल्लीराम खतिवडा निर्वाचित भएका छन् । मधेश प्रदेशतर्फको उपाध्यक्षमा अनिल कर्ण विजयी भएका छन् ।
बागमती प्रदेश उपाध्यक्षमा मुरारी अधिकारी निर्वाचित भएका छन् । गण्डकी प्रदेशको उपाध्यक्षमा ऋषिकान्त पौडेल विजयी भएका छन् ।
लुम्बिनी उपाध्यक्षमा माधवप्रसाद अर्याल निर्वाचित भएका छन् । कर्णाली उपाध्यक्षमा राजेन्द्रबहादुर कार्की निर्वाचित भएका छन् ।
सुदूरपश्चिम उपाध्यक्षतर्फ प्रेम चुनारा निर्वाचित भएका छन् । उपाध्यक्ष उपत्यकातर्फ जीवन भण्डारी निर्वाचित भएका छन् ।
महासचिवमा दिलिप पौडेल निर्वाचित भएका छन् ।
उप–महासचिव खुलातर्फ ३ पदमा कमल पन्त, युवराज गौतम र रविन्द्र सुवेदी निर्वाचित भएका छन् । उप–महासचिव महिला २ पदमा दिलिपाश्री अधिकारी र सुलोचना गौतम निर्वाचित भएका छन् । उप–महासचिव समावेशीतर्फ अभयकुमार राई निर्वाचित भएका छन् ।
सचिव खुला चार पदका लागि भुवन शर्मा, केदारप्रसाद दाहाल, खगेन्द्र भण्डारी र तीर्थराज बस्नेत विजयी भएका छन् । सचिव महिलातर्फ पुष्पा शर्मा, मेनुका ढुंगाना र रेजिना गौतम निर्वाचित भएका छन् । सचिव आदिवासी जनजातितर्फ लालकुमार मोक्तान निर्वाचित भएका छन् ।
सचिव मधेशीतर्फ अजित तिवारी, सचिव दलिततर्फ राजन रूचाल, सचिव पिछडिएको क्षेत्रतर्फ एलपी देवकोटा, सचिव थारूतर्फ सहदेव चौधरी, सचिव खसआर्यतर्फ युवराज रेग्मी निर्वाचित भएका छन् ।
सचिव अनलाइन माध्यमतर्फ छायाचन्द्र भण्डारी, सचिव रेडियो माध्यमतर्फ नरहरि सापकोटा, सचिव टेलिभिजनतर्फ अशोककुमार तिवारी, सचिव छापा माध्यमतर्फ राधा खनाल निर्वाचित भएका छन् । कोषाध्यक्षमा माधव धिताल निर्वाचित भएका छन् ।
केन्द्रीय लेखा समितिको संयोजकमा पदमराज जोशी निर्वाचित भएका छन् । दुई सदस्यमा गिरिराज पोखरेल र घनश्याम पौडेल निर्वाचित भएका छन् । दुई महिलातर्फको सदस्यमा पूजाशर्मा र सृजनाकुमारी गौतम निर्विरोध निर्वाचित भएका छन् ।
केन्द्रीय कार्यसमितिको सदस्यहरूमा खिलानाथ दाहाल, खेमराज थापा, जीवन शर्मा, दीपक भण्डारी, नारायण सापकोटा, नेत्र तामाङ, पेशल आचार्य, बसन्त योगी, भीमकुमार बाँस्कोटा, मित्र भण्डारी, मुक्तिबाबु रेग्मी, राजन दाहाल, विजय पोखरेल, सुशील कोइराला र सीताराम गुरागाइँ निर्वाचित भएका छन् ।
अनु निरौला, कमला हमाल, शोभा केसी, सरिता खनाल, सविना पौडेल, सुशीला बेल्वासे, नवीन झा, मिथिलेशकुमार यादव, सनिउल्ला धोवी, सुधा देव, छविलाल माल, निमा वाङ्गेल लामा र सुवासकुमार सुनार पनि निर्वाचित भएका छन् ।
रीताकुमारी मगर, कपिल कोइराला, चेतन रेग्मी, श्रीराम रायमाझी, जेविका कार्की, बालिका शिवाकोटी, लक्ष्मीमान चौधरी, अञ्जना चौधरी, प्रवीर ददेल, साजन परियार, फूलमाया सुनार, जनक केसी, बिस्नाप्रसाद न्यौपाने, शीतल स्नेही, नारद कोहार पनि सदस्यमा निर्वाचित भएका छन् ।
कौरव खत्री, गोपालप्रसाद पोखरेल, भानुभक्त निरौला, कमलाकुमारी चौधरी, सुशीला संग्रौला, गणेशराज रिजाल, सञ्जयकुमार कार्की, अप्सरा पुडासैनी, निलिमा पौडेल, अर्जुन अधिकारी, किरणप्रसाद अधिकारी, आत्मा गुरागाइँ, रमा लुइँटेल, घनश्याम बगाले, ध्रुवसागर शर्मा, कृष्णकुमारी ढकाल, मायाकुमारी अधिकारी पनि सदस्यमा निर्वाचित भएका छन् ।
प्रेमनारायण आचार्य, लोकराज अधिकारी, नारायणी राजैरे, सुशीला रेग्मी, नवीन पौडेल, बालकृष्ण शर्मा, चाँदनी कठायत, ज्योति कटुवाल, पुष्पराज जोशी, जमुना न्यूरे, निर्मला भट्ट, केशवराज विष्ट, माधवप्रसाद घिमिरे र तेजना पण्डित निर्वाचित भएका छन् ।
युनियनको केही सदस्य पदमा उम्मेदवारी नै परेको छैन ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया