अछाम पहिरोमा तीन जनाको मृत्यु, गृहमन्त्रीद्वारा उद्धार र राहतमा ध्यान दिन निर्देशन
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले अछामको तुर्माखाँद गाउँपालिका –२ भुलुमा आइतबार राति गएको पहिरो र त्यसले पुर्याएको क्षतिबारे जानकारी लिएका छन् ।
खाणले उद्धार र राहतको कार्यमा लाग्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
गृहमन्त्री खाणले अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनी र जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक नारायण डाँगीलाई टेलिफोन गरेर आवश्यक पर्ने सहयोगबारे मन्त्रालयमा जानकारी गराउन निर्देशन दिएका छन् ।
घाइतेको यथाशीघ्र उपचार र तत्कालको राहत उपलब्ध गराउन खाणले निर्देशन दिएका छन् ।
आइतबार राति अमर विष्टको घर पहिरोमा पुरिँदा उनकी भाउजु हरिकला विष्ट, भाई वीरेन्द्र विष्ट र भतिज १५ वर्षीय संविधान विष्टको मृत्यु भएको प्रजिअ मरासिनीले जानकारी दिएका छन् ।
६५ वर्षीया नैना विष्टको भने जीवितै उद्धार गरेर अस्पताल पु¥याइएको मरासिनीले बताए । उनको अवस्था सामान्य रहेको छ ।
पहिरोमा पुरिएर केही चौपाया पनि मरेका छन् । घरमुली अमर भने कामका सिलसिलामा घर बाहिर रहेको जानकारी आएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया