यी ११ एसपीको काज सरुवा, रौतहटमा बुढा
काठमाडौं । प्रहरी प्रधान कार्यालयले ११ प्रहरी उपरीक्षक (एसपी)हरूको काज सरुवा गरेको छ ।
आइतबार प्रधान कार्यालयको मानव स्रोत विकास विभागले प्रकाशित गरेको सूचनाअनुसार विभिन्न ११ जना एसपीको काज सरुवा गरिएको हो ।
एसपी प्रेमबहादुर बस्नेतलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तु, बीरबहादुर बुढा मगरलाई जिल्ला प्रहरी कार्यालय रौतहट, बामदेव गौतमलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर, होबिन्द्र बोगटीलाई जिल्ला प्रहरी कार्यालय बारामा काज सरुवा गरिएको छ ।
बारामा काज सरुवा भएका एसपी बोगटीले सबैभन्दा आकर्षक जिल्ला पाएका छन् । बारा प्रहरीका लागि सबैभन्दा आकर्षक र कमाई हुने जिल्लामा पर्छ । एसपी बोगटीले बालुवाटारको पावर लगाएर बारा पाएका हुन् ।
दिलिप घिमिरेलाई जिल्ला प्रहरी कार्यालय डोटी, अजय केसीलाई जिल्ला प्रहरी कार्यालय कास्की, प्रजित केसीलाई जिल्ला प्रहरी कार्यालय भक्तपुर, शिवकुमार श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, अनुपमशम्शेर जबरालाई ईन्टरपोल शाखा नक्साल, विश्व अधिकारीलाई यू.एन.शाखा नक्साल र गंगा पन्तलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा काज सरुवा गरिएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया