छाडा चौपाया व्यवस्थापन गर्न तिलोत्तमाका मेयर खाणले गाडी दिए
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाणले छाडा चौपाया (गाईबस्तु)को व्यवस्थापन गर्न गाडी उपलब्ध गराएका छन् ।
आइतबार नगरपालिकाको तर्फबाट मेयर खाणले तिलोत्तमा गौशालालाई एउटा पिकअप गाडी हस्तान्तरण गरेका हुन् । खाणले तिलोत्तमा गौशालाका प्रमुख रन्तीदेव दासलाई गाडीको चाबी हस्तान्तरण गरेका थिए ।
नेपाली कांग्रेस रुपन्देहीका सभापति समेत रहेका मेयर खाणले तिलोत्तमा नगरपालिकाभित्र रहेका छाडा गाईबस्तु व्यवस्थापन गर्ने उद्देश्यका साथ गौशालालाई गाडी हस्तान्तरण गरेको नगरपालिकाले जनाएको छ ।
गाडी हस्तान्तरणका क्रममा उप–मेयर जागेश्वरदेवी चौधरीलगायतको पनि उपस्थिति रहेको थियो ।
Published : Sunday, 2022 July 24, 6:42 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया