दुर्गा प्रसाइँले गगन–नारायणकाजी–गिरिराजमणि–गोविन्दलाई के–के भने ?
काठमाडौं । स्वास्थ्य व्यवसायी एवम् एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाइँले नेपाली कांग्रेसका महामन्त्री गगन थापासहितका नेताहरूविरुद्ध अभिव्यक्ति दिएर बबण्डर मच्चाएका छन् ।
एउटा टेलिभिजनसँगको अन्तर्वार्तामा प्रसाइँले भने, ‘गगन थापाको कुरै नगर्नुस् न ! मेडिकल माफिया हामी हौँ । राजनीतिक माफिया उनीहरू हो । उनीहरू भनेका लुटतन्त्रका नाइके हुन् । माफिया भनेका उनीहरू हुन् । अब प्रुफ हुँदैछ नि ।’
‘आज गोविन्द केसी, नारायणकाजी श्रेष्ठ, गिरिराजमणि पोखरेल र गगन थापाको कारण १३७ वटा नर्सिङ कलेज बन्द भएको छ’, उनले भने, ‘उनीहरूका कारण हामा चेलीबेटीहरू बाध्य भएर नर्सिङ पढ्न विदेश जानुपरेको छ पढ्नलाई ईण्डिया । यो कुरा बुझ्नुस् । मजाक नगर्नुस् ।’
एमालेका नेता प्रसाइँले भने, ‘अब दुई/तीन वर्ष पछाडि वीर हस्पिटल र टिचिङ हस्पिटल ताला लाग्दैछ नर्स नभएर । अब कहाँ जानुहुन्छ उपचार गर्न ? गगन थापाहरूलाई हेर्छौं अब ।’
एमालेका नेता प्रसाइँले गगन थापासहितका नेता र सामाजिक अभियन्ताभन्दा आफू लोकप्रिय रहेको बताएका छन् ।
‘सर्वे गराउनुस् को लोकप्रिय रहेछ ? गगन थापा, नारायणकाजी श्रेष्ठ, गोविन्द केसी, गिरिराजमणि पोखरेल र अहिले आएका अभियन्तालाई राखेर सर्वे गराउनुस् उनीहरूभन्दा म लोकप्रिय छु ।’
‘हाम्रो विरोध गर्ने बिरोध खतिवडाले एउटा हस्पिटल खोलेर दिनु नि । उहाँलाई पनि गर्न दिएको छ । उहाँ महान मान्छे’, उनले भनेका छन् ।
‘यो देशमा सबैभन्दा हेभीवेट गगन थापालाई मान्नुभएको हो ? गगन र मलाई अहिले भिडाउनुस् त ?’, प्रसाइँले भने, ‘काठमाडौं क्षेत्र नं. ४ बाट मैले उम्मेदवारी दिनै पर्दैन । त्यहाँ मेरो भतिजा अर्जुन प्रसाइँले उम्मेदवारी दिने भइसक्यो ।’
‘गगन थापाको त्यो क्षेत्रमा ७० प्रतिशत जनता बस्छन् । मेचीले गगन थापाका कारण मेडिकल कलेज पाएन । त्यो कुरा मेचीका जनताले बुझ्न नि’, उनले भनेका छन् ।
‘गगन थापा स्वास्थ्यमन्त्री बनेका बेला १४ करोड प्रा.डा.राजकुमार रौनियारको खाइदिएको हो’, उनले भने, ‘त्यतिखेर धरानको भिसी दुर्गा प्रसाइँले बनाएको हो कि ? गगन थापाले बनाएको हो ? त्यो मान्छे पैसासहित कोठाबाट पक्राउ पर्यो । थुनामा पर्यो । त्यो टेन्सन र पीरले गर्दा ब्रेन ह्याब्रेज भएर आज चार दिन भएछ मरेको ।’
‘गगन थापा नउफ्रिदा हुन्छ । अब जनताले नारायणकाजी श्रेष्ठ जस्तालाई कुटेर खेद्छन् । श्रीलंकाको जस्तो’, उनले भनेका छन् ।
‘दश जना नेता र ५५ जना व्यापारीका कारणले आज हामीले १८ प्रतिशतमा व्याज लिनु परेको छ’, प्रसाइँले भने, ‘म मेरै नेतृत्वमा भदौदेखि आन्दोलन चर्काउँछु । ३५ जना व्यक्तिले सबै पैसा लगेका छन् । सबै पैसा विदेशमा लगेका छन् ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया