दाहाल–भट्टराईबीच गोप्य वार्ता, नयाँ पार्टी गठनबारे परामर्श
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी, नेपाल (जसपा)का नेता बाबुराम भट्टराईबीच सम्वाद भएको छ ।
ललितपुरमा बिहीबार बिहान भएको गोप्य भेटवार्तामा दाहाल र भट्टराईबीच पार्टी एकताका विषयमा छलफल भएको बुझिएको छ । दाहालले भट्टराईसँग पार्टी एकीकरण गरेर नेकपा (समाजवादी केन्द्र) बनाउन प्रस्ताव गरेका छन् ।
कम्युनिष्ट पार्टी बनाउँदा नेकपा (एकीकृत समाजवादी)का नेताहरूसहित एकताको वातावरण बन्ने दाहालको भनाइ रहेको बुझिएको छ ।
दाहाललाई भट्टराईले कम्युनिष्ट पार्टीमा आफू नफर्कने बताएका छन् । भट्टराईले दाहालको प्रस्तावमा छलफल गरेर अगाडि बढ्ने प्रतिक्रिया दिएको बुझिएको छ ।
दाहालका स्वकीय सचिव रमेश मल्लले भट्टराईसहितका नेताहरूसँग दाहालले भेटवार्ताहरू गरिरहेको सञ्चारमाध्यमहरूलाई बताएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया