दुईतिहाईको कम्युनिस्ट सरकारसँग नझुकेका पत्रकार पहाडीद्वारा प्रेस युनियनमा उम्मेदवारी घोषणा
काठमाडौं । नेपाली कांग्रेस निकटका पत्रकारहरूको संस्था नेपाल प्रेस युनियनको केन्द्रीय सदस्य पदमा कृष्ण पहाडीले उम्मेदवारी घोषणा गरेका छन् ।
मिडियाडबली डटकमका पत्रकार पहाडीले युनियनको केन्द्रीय सदस्य पदमा उम्मेदवार दिन लागेको जनाएका छन् ।
काठमाडौंमा बसेर अनलाईन पत्रकारिता गर्दै आएका पहाडीको स्थायी घर भने सिन्धुली जिल्लाको दुधौली नगरपालिकामा पर्छ ।
उनले अनलाईन पत्रकारहरूका समस्या र भोगाइका विषयमा युनियनको कार्यसमितिमा रहेर सरोकारवाला निकायसम्म आवाज पुर्याउने आफ्नो पहिलो उद्देश्य रहेको बताएका छन् ।
झण्डै दुईतिहाईको कम्युनिस्ट सरकारका बेला कांग्रेसको समर्थन र कम्युनिस्टको हर्कतको विरोधमा समाचार लेखेकै भरमा धम्की, चेतावनी र दुःख झेलेका पहाडीले कांग्रेस नेतृत्वको सरकार बनेपछि अनलाईन पत्रकारिता गर्न सजिलो भएको बताएका छन् ।
युनियनको ९औं महाधिवेशन हेटौँडामा साउनको ६ र ७ गते हुन लागेको छ । महाधिवेशनको कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नेछन् ।
पत्रकार पहाडीले कांग्रेसको पार्टी सभापति जो भए पनि त्यसलाई सम्मान गरेर सभापतिको आदेश, निर्देशन सबैले मान्नुपर्ने मान्यता राख्छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया