चिरिबाबुको नाक अगाडि पुल्चोकमा धरहरा जस्तो घर

काठमाडौं । ललितपुर महानगरपालिकाको पुल्चोकमा बन्दै गरेको नयाँ घरको नक्सा पास कसरी भयो होला ? भनेर धेरैले आश्चर्य व्यक्त गरेका छन् ।

पुल्चोक ईञ्जिनियरिङ कलेजको ठीक अगाडिको मुख्य सडकबाट पश्चिमतर्फ जाने बाटोमा ५ तलाको घर बनिरहेको छ । मुख्य सडकबाट मुस्किलले ५० मिटरको दुरीमा रहेको सडकमा बटुवाहरूको आँखा पर्छ ।

भूकम्पले ठूलो नोक्सानी गरेपछि डराएका काठमाडौं उपत्यकाबासीहरूलाई बन्दै गरेको यो घरले आकर्षित गरेको हो ।

ललितपुर महानगरपालिकाको मेयरमा चिरिबाबु महर्जन दोहोरिएका छन् । महर्जनले नै सो घर बनाउन अनुमति दिएका हुन् ।

सो वडाका वडाध्यक्ष तथा महानगरका नक्सापास गर्ने ईञ्जिनियरको पनि कैफियत हुन सक्छ । जग्गावालले आफ्नो जमीनमा घर बनाउने र नक्सा पास गर्ने अनुमति माग्नु स्वभाविक हो ।

महानगरका मेयर र उनको टिमले कस्तो खालको घर बनाउन दिने वा नदिने निर्णय गर्नुपर्ने थियो । त्यो भएको जस्ता देखिएको छैन । घर ५ तलामाथि उठिसकेको छ । अझै माथि उठाउने गरेर फलामका डण्डीहरू देख्न सकिन्छ ।

धरहरा जस्तो यो घर बनाउन दिएर मेयर चिरिबाबुले ठूलो गुन लगाएका छन् । चिरिबाबु पनि कैतन कतैबाट प्रभावित छन् कि ? भन्ने प्रश्न पनि उठेको छ ।

सोहीबाट हुँदै जाँदै गरेका एकजना पैदल यात्रुले भने, ‘यो कस्तो खालको घर हो । यहि नजिकै मन्त्री क्वाटर छ । अलिकपर ललितपुर महानगरको कार्यालय छ । यस्तो घर बनाउन कसरी अनुमति दिए होलान् ?’

घरको चौडाइ ३/४ मिटर पनि छैन जस्तो देखिन्छ । लम्बाई भने लामो नै छ । यस्ता घरहरू भूकम्पको दृष्टिकोणले उचित मानिदैन ।

त्यो घरबाट भविष्यमा कुनै दुर्घटना भयो भने मेयर चिरिबाब र सो वडाका वडाध्यक्ष एवम् नक्सा पास गर्ने ईन्जिनियरले जिम्मेवारी लिनुपर्ने हुन्छ ।

मेयर चिरिबाबुसँग यो घरको विषयमा प्रतिक्रिया लिन सम्पर्क गर्दा सम्पर्क हुन सकेन । फोन नउठाउने चिरिबाबुको कार्यले सेवाग्राही पनि आजित छन् ।

प्रतिक्रिया लिन सो घरका मालिकसँग सम्पर्क हुन सकेन । तर, काम गर्दै गरेका कामदारहरूले नक्सा पास गरेर मापदण्डअनुसार नै घर बनेको बताएका छन् ।

Published : Wednesday, 2022 July 20, 11:18 am

फेसबुकबाट तपाईको प्रतिक्रिया