धनीहरूको ‘शक्तिशाली’ अस्पतालको लापरबाहीले ललितपुरमै मान्छेको ज्यान गयो, पाताकसेर कारबाही गर्न माग
काठमाडौं । एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोको समूहद्वारा सञ्चालित नेपाल मेडिसिटी अस्पतालको लापरवाहीले अनाहकमा एकजना बिरामीले ज्यान गुमाउनु परेको आरोप लागेको छ ।
बिरामीले ज्यान गुमाउनु परेको कुरालाई अस्पतालले लापरवाही भएको भन्दै स्वीकारेको छ । बिरामीको उपचारमा लापरवाही गर्ने चिकित्सकमाथि कारबाही गरी कानूनी दायरामा ल्याउनुपर्नेमा निलम्बन मात्रै गरेर गल्ती ढाकछोप गर्न अस्पताल प्रशासन र मालिकहरूले हर्कत गरिरहेका छन् ।
बिरामीको मृत्यु भएको घटना नेपाल मेडिकल काउन्सिलमा पुगिसकेको अनलाईन नेपाल डटकमलले समाचारमा उल्लेख गरेको छ ।
यस्तो थियो घटना
पोखराका योगेन्द्र बस्नेत जेठ १७ गते उपचारका लागि नेपाल मेडिसिटी अस्पताल पुगे । स्वास्थ्य जाँच गर्न मेडिसिटी अस्पताल पुगेका बस्नेतको चिकित्सकले पित्त थैलीको शल्यक्रिया गर्नुपर्ने बतायो । जेठ २२ गते ल्याप्रोस्कोपी विधिद्वारा शल्यक्रिया गरिएको थियो ।
उपचारकै क्रममा अस्पतालको लापरवाही र गैरजिम्मेवारीले उनको २५ गते निधन भयो । बिरामी चिकित्सकको निगरानीमा हुनेपर्नेमा चिकित्सकनै नगएका कारण बस्नेतको निधन भएको पीडित परिवारको आरोप छ ।
योगेन्द्रका छोरा समिरबहादुर बस्नेतका अनुसार स्वास्थ्य जाँचको क्रममा डा.सुनिल शर्माले पित्त थैलीको शल्यक्रिया गर्नुपर्ने सल्लाह दिएका थिए । शर्माको सल्लाहअनुसार शल्यक्रिया गरिएको थियो । शल्यक्रिया नर्मल भएको र सकिएपछि सामान्य शैय्यामा सारिएको थियो ।
२४ गते बेलुका बिरामीले शल्यक्रिया गरेको भागमा दुखेको भन्दै नर्सलाई खबर गरेका थिए । नर्सले जाँच गर्दा रक्तचाप सामान्य देखिएको बताएकी पीडितका आफन्तको भनाइ छ ।
रक्तचाप सामान्य देखिएपछि ट्वाइलेट गएका बिरामी योगेन्द्र त्यही ढले । ढलेपछि पिता योगेन्द्रको मुख बांगिएको छोरा समिरले बताएको समाचारमा उल्लेख छ ।
बिरामी ढलेपछि आएको चिकित्सकको टोली स्वास्थ्य जाँच गर्दा सामान्य अवस्था भएको भन्दै बाहिरिएको थियो । पीडित परिवारका अनुसार बेलुका ८ बजे बेड सार्न खोज्दा फेरि बिरामी ढलेका थिए । सोही रातको ३ बजे बिरामी अचेत भएको र मेडिकल अफिसर आएर कृत्रिम श्वास दिएर आइसीयूमा लगिएको थियो ।
आइसीयूमा लैजानुपर्ने अवस्था आएपछि मात्रै अस्पतालाका चिकित्सकले भिडियो एक्सरे गरी शल्यक्रिया गरेकै ठाउँमा आन्तरिक रक्तश्राव भएको भन्दै पुनः शल्यक्रिया गर्नुपर्ने बताएको पीडित पक्षको भनाइ छ ।
शल्यक्रियापछि पनि रक्तश्राव नरोकिएको र मल्टी अर्गान फेल भएकाले बिरामीलाई भेन्टिलेटरमा राखिएको थियो ।
भेन्टिलेटरमै राखिएको अवस्थामा बिरामीको जेठ २५ गते मृत्यु भएको आफन्तको भनाइ छ ।
मृत्यु हुनुको मुख्य कारण चिकित्सकको गम्भीर लापरबाही भएको भन्दै पीडित पक्षले सत्यतथ्य छानबिन गरी दोषीमाथि कडाभन्दा कडा कारबाही गर्न अस्पतालमा निवेदन दिएको थियो ।
पीडित परिवारले अस्पताल प्रशासन समक्ष ६ असारमा छानबिन गरिपाउँ भन्दै निवेदन दिएको थियो । अस्पतालले पीडितको मागअनुसार डा. जयन्द्र बज्राचार्यको नेतृत्वमा छानबिन समिति बनाएको थियो ।
उपचारमा नजाने चिकित्सक राजिव मिश्रसहित अन्य दुई जनालाई निलम्बन गरिएको अस्पतालले जनाएको छ ।
अन्य दुई जनाको नाम भने अझै सार्वजनिक गरिएको छैन । अस्पतालले ती दुई जनालाई बचाउन हर्कत गरिरहेको छ ।
अस्पतालले पीडितलाई दिएको जानकारी पत्रमा पनि कमजोरी स्वीकार गरेको भेटिएको छ ।
मृतक योगेन्द्रका छोरा समिर बस्नेतलाई अस्पतालले दिएको जानकारी पत्रले कमजोरी मात्रै स्वीकार गरेको छैन, चिकित्सकले बिरामी नै हेर्दैनन् भन्ने स्पष्ट खुलाएको छ ।
उपचारमा संलग्न मुख्य चिकित्सक डा.सुनिल शर्माका अनुसार जेठ २४ गते राती १० बजे डा. राजिव मिश्रले बिरामीको स्वास्थ्य अवस्था ठीक भएको भन्दै आफूलाई जानकारी गराएको बताएका छन् ।
सेकेन्ड कल डाक्टर मिश्रलाई अस्पतालमा गएर जाँच गर्नुभन्दा नगइकन उनले सिनियर चिकित्सकलाई बिरामीको स्वास्थ्य अवस्था ठीक भएको भन्दै गलत रिपोटिङ गरेका थिए ।
पीडितको दवावपछि अस्पतालले मिश्रलाई जानकारी माग्दा हात काटेकाले डिउटीमा नगएको गैर जिम्मेवार जवाफ दिएका थिए । यसरी बिरामीलाई निगरानीमा राखेर हेर्नुपर्ने चिकित्सकले नै अस्पताल नै नगई सिनियरलाई गलत रिपोटिङ गरेका कारण अनाहकमा सामान्य अवस्थामा रहेका विरामी योगेन्द्रले ज्यान गुमाउनु परेको छ ।
भेन्टिलेटरमा रहेको बिरामीलाई सोडियम र हेमोग्लोबिन कम हुँदाहुँदै चिकित्सकले गम्भीरतापूर्वक नलिनु र बिरामी अचेत भएपछि मात्रै विशेषज्ञ चिकित्सकको खोजी हुनु जनस्वास्थ्यमाथिको गम्भीर खेलवाड रहेको अस्पतालकै एक चिकित्सक बताउँछनन् । पीडित परिवारले जेठ २४ गते बेलुका ६ बजेबाट उपचारका लागि कुन–कुन चिकित्सक उपस्थित भए र के–के उपचार विधि अपनाइयो भन्ने सत्यतथ्य छानबिन गरेर कारबाही गर्न मेडिकल काउन्सिल समक्ष माग गरेका छन् ।
मेडिकल काउन्सिलमा गत असार २८ गते नै पीडित पक्षले रजिष्ट्रार डा. कृष्ण अधिकारीलाई भेटेरै उजुरी दर्ता गराएको थियो । तर, अहिलेसम्म पनि काउन्सिलले मेडिसिटी अस्पतालसँग घटनाबारे बुझ्ने प्रयास गरेको छैन ।
स्रोतका अनुसार मेडिसिटी अस्पतालका डा. शर्माको सम्बन्ध काउन्सिलका उच्च पदाधिकारीहरुसँग राम्रो रहेका कारण कउन्सिलले पीडितको उजुरीमाथि वेवास्ता गरिरहेको छ ।
घटनाबारे अनलाइन नेपालले काउन्सिलका रजिष्ट्रार डा. कृष्ण अधिकारीसँग जानकारी माग्दा उनले सुनिता प्रजापतिसँग बुझ्नु भन्दै गैरजिम्मेवार जवाफ दिएर पन्छिएको समाचारमा उल्लेख गरेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया