यी हुन् होनहार नयाँ ३४ जना डीएसपीहरू, क–कसको भाग्य चम्कियो ?

काठमाडौं । नेपाल प्रहरीको बढुवा समितिले ३४ जना प्रहरी निरीक्षक (ईन्स्पेक्टर)लाई प्रहरी नायव उपरीक्षक पद (डीएसपी)मा बढुवा सिफारिस गरेको छ ।

प्रहरी हेडक्वाटरले सोमबार सूचना प्रकाशित गरेर डीएसपी बढुवाको सूची सार्वजनिक गरेको हो ।

डीएसपी बढुवाको पहिलो नम्बरमा होमबहादुर थापा परेका छन् । दोस्रोमा दीपेन्द्रकुमार पाल र तेस्रोमा किरणप्रसाद न्यौपाने परेका छन् ।

सबैभन्दा पुछार ३४औं नम्बरमा टीकाबहादुर कार्की रहेका छन् ।

ईन्स्पेक्टरबाट डीएसपीमा बढुवा हुनेमा केशरबहादुर कार्की, दुदिमाया लामा, सन्तोषकुमार पोखरेल, महेश बस्नेत, देवबहादुर कुँवर, गोविन्द पन्थी, विजय कुँवर रहेका छन् ।

त्यसैगरी भरतबहादुर शाह, खगेन्द्रप्रसाद रिजाल, भोजराज पाण्डेय, फणिन्द्र रानाभाट, मदनबहादुर कुँवर, नारायणबहादुर श्रेष्ठ, रामबहादुर चन्द, मोहनबहादुर साउद, अनिलकमार उप्रेती, राकेशकुमार पोद्धारको पनि बढुवा भएको छ ।

जनकबहादुर मल्ल, कवीर प्रधान, दलराम टमाटा, चन्द्रेश्वर यादव, हिक्मतबहादुर बोहरा, लालबहादुर बम, राजनकुमार गौतम, सुभाष राई, उद्धवप्रसाद अधिकारी, सुजितकुमार ओझा, राजेन्द्र अधिकारी, अनिलकुमार अधिकारी, जमुनाकुमारी बस्नेतको पनि डीएसपीमा बढुवा भएको छ ।

Published : Monday, 2022 July 18, 12:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया